after_navbar

रुपन्देहीमा महिलाको हत्या आरोपमा चार जना पक्राउ


५ मिनेट अगाडि


दाङ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका-६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन र मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सबै कोटहीमाई गाउँपालिका-६ का हुन् ।

गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका-६ र ७ को बीचमा रहेको धान खेतमा कोटहीमाई-५ छोटकी मझगाँवाकी ४१ वर्षीया जोबेदा खातुन धोबीको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार महिलाको टाउकोमा कोदालोको बिँडले प्रहार गरी तथा घाँटीमा हँसियाले घोचेर हत्या गरिएको थियो । उनको कानमा लगाएका सुनका गहना पनि लुटिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा पक्राउ परेका चारै जनाविरुद्ध ज्यान, करणी, चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="