काठमाडौं, २७ पुस । सरकारले हिउदे अधिवेशनको तयारी थालेको छ। माघको तेस्रो सातादेखि हिउँदे अधिवेशन बोलाउने तयारी थालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
शुक्रबार राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको बताएकी हुन् । यसका लागि नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको उनले बताइन् । छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् ।
मन्त्री शर्माले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन।नेपाली चलचित्रलाई राम्रो बनाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको जानकारी दिइन । उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताएकी थिइन ।
प्रतिक्रिया दिनुहोस