after_navbar

महायज्ञमा खड्का परिवारले गरे हालसम्मकै धेरै व्यक्तिगत सहयोग


माघ १५, २०८०


दाङ,१५ माघ । मावन सेवा आश्रम निर्माणार्थ तुलसीपुरमा सञ्चालन भएको महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँख्या बढ्दै गएको छ । महायज्ञ सञ्चालनको तेस्रो दिनसम्म आइपुग्दा व्यक्तिगत रुपमा सबैभन्दा बढि आर्थिक सहयोग गर्नेमा खड्का परिवार रहेका छन् । तुलसीपुर उपमहानगरपालिका –६ बस्ने गोमा खड्का उनका श्रीमान हरीबहादुर खड्का र छोरा प्रशान्त खड्काले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्

ad

तुलसीपुरमा सञ्चालन गरीएको महायज्ञको तेस्रो दिन मध्यान्ह् १२ बजे सम्म ६ लाख बढि संकलन भएको छ । सोमबार आर्थिक सहयोग गर्नेको संख्या अन्य दिनको भन्दा बढि देखिएको छ ।
तुलसीपुर निवासी टिकाराम रेग्मीले १ लाख ११ हजार १ सय ५५ रुपैया आर्थिक सहयोग गरेका छन् । यसअघि आतइतबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन बिहानदेखि महायज्ञ कथाको श्रवण गर्नेहरुको संख्या अधिक देखियो । पारिलो घाम लागेका कारण घामको आनन्द लिदै गीताको कथा सुनेका छन् ।

भाष्कर कमलनयन गौतमले कथा वाचन शैलीले आ आफ्नो स्थानबाट उठि बेला बेलामा नृत्य समेत गरेका देखिन्थ्ये । नृत्य गर्दै सबै थोक भुले झै आभाष हुने गरेको देखिन्थ्यो ।
बिहान ११ बजेदेखि शुरु हुने कथा वाचान अपरान्ह् ४ बजे सम्म हुने गरेको छ । आईतबार दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="