after_navbar

नेपालगञ्जबाट कैलाश मानसरोवर हवाई उडान


माघ १५, २०८०


दाङ,१५ माघ । नेपालगञ्जबाट चीनको तिब्बत स्थित कैलाश मानसरोवर हवाई उडान भएको छ । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको हो । मानसरोवर दर्शनका लागी नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सिआरजे नाइनएन एमबी विमानले नेपालगञ्ज विमानस्थलबाटपर्वतीय उडान गरेको हो।

एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भूभागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ।

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो।

क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो।

नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास रहेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए।

प्रबन्धक मानन्धरका अनुसार नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="