after_navbar

कपिलवस्तुमा बस दुर्घटना : १० जनाको मृत्यु , ३० घाइते


फागुन ०३, २०८०



दाङ, ३ फागुन । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । भने ३० जना घाइते भएक छन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति बस  दुर्घटना भएको हो । 

ad


महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको   सु–प–प्र–०२–००१ ख ००९८ बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बस बाटोबाट २ सय मिटर तल खसेको छ।
दुर्घटनाबाट ३० जना घाइते भएका छन ।  त्यसमध्ये ९ जनाको बुटवलमा उपचार भइरहेको छ । भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख नवरत्न पौडेलले बताए।  

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="