दाङ, १५ फागुन बौद्धिक सनातन हिन्दु परिषद् नेपालको भवन उद्घाटन गरिएको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ मज्गैमा निर्माण गरिएको पषिद्को भवन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका थिए।
बौद्धिक सनातन हिन्दु परिषद् अध्यक्ष सुर्यभक्त गुरागाईको अध्यक्षता एवं नगर प्रमुख खड्काको प्रमुख आतिथ्य र बौद्धिक धर्म परिषद्का केन्द्रिय सदस्य नुमाकान्त दाहालको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले धर्म सस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नकालागि सबै हिन्दुहरु एकजुट हुनुपर्ने समय आएको बताएका थिए ।
धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथी विभिन्न बहानामा आक्रमण भईरहेको भन्दै धर्म संस्कृतिको रक्षाकालागी लाग्न सबै हिन्दु धर्मालम्बीहरुमा कार्यक्रममा बोल्ने वक्ताहरुले अनुरोध गरेका थिए ।
कार्यक्रममा संस्थाको सांगठनिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा १ सय ५० जना आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। साथै टिकाराम खड्का र वामदेव खनाललाई मानार्थ सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा भजनकृतन तथा लोक संकृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का सदस्य बिजयकुमार लम्साल, नमस्ते यातायात प्रा।लि का अध्यक्ष वामदेव खनाल, सृजना टोल विकास संस्थाका अध्यक्ष राम बहादुर वली, जागृत टोल बिकास संस्थाका अध्यक्ष चेतनाथ लम्साल, जनता प्रा.बि. मज्गैका प्रधानाध्यापक ईश्वर डि.सी, वासुदेव गौतम, झग्गु प्रसाद गौतम, टेक बहादुर खड्का, दामोदर गिरि , खिम बहादुर बस्नेत, तारा आचार्य, घनश्याम केसि, मदन बहादुर बस्नेत , प्रेम बहादुर बस्नेत , भुपेन्द्र बोहरा, योगेस्वर बस्नेत र लेखनाथ आचार्य, ज्योतिष केशव गौतम, प्रेम प्रसाद भट्टराई, चुडामणि पोख्रेल, टंक प्रसाद आचार्य, वामदेव खनाल, राम बहादुर ओली, दधिराम भण्डारी लगायतले आफ्नो भनाई राखेका थिए। कार्यक्रमको सहजिकरण केशव बहादुर बस्नेतले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस