after_navbar

हातहतियार सहित सर्वोच्चको परिसरबाट एक पक्राउ


चैत ०५, २०८०


काठमाडौ, ५ चैत। सर्वोच्च अदालतको परिसरबाट हतियार सहित एक व्यक्ति पक्राउ परेका छ्न। सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गर्ने झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="