after_navbar

आगोमा जलेका सैनिक जवान रावतको मृत्यु,एकजनाको अवस्था गम्भीर 


चैत २६, २०८०


डाेल्पा, २६ चैत डोल्पाको ठुली भेरी ०४ को मष्टा भवानी सामुदायिक वनमा सोमबार लागेको आगो निभाउँने क्रममा घाइते भएका एक जनाको जिल्ला अस्पतालमा डोल्पामा उपचारको क्रममा निधन भएको छ  । 

मृत्यु हुनेमा जुम्ला तातोपानी ४  स्थायी घर  भई देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरी कृष्ण केसीले जानकारी दिए ।

जिल्ला अस्पतालमै उपचाररत काभ्रे जिल्ला घर भएका ३८ वर्षीय जम्दार केशर बहादुर मगर अवस्था पनि चिन्ता जनक रहेको प्रमुख केसीले बताए । 

उनीहरूलाई उपचारका लागि नेपालगंजको भेरी अस्पताल सम्म  लिने भनेर आएको हेलीकप्टर राति परेपछि सदरमुकाम दुनैमै रहेको प्रहरी जनाएको छ । 

उनी हरू सगै सोमबार बिहान आगोमा जलेर गम्भीर घाइते भएका ३० वर्षीय प्युठ विजय कोइराला र २३ वर्षीय सिपाही आशिष बुढालाई पहिलो चरणमा नेपाली सेनाको हेलीकप्टर मार्फत नेपालगञ्ज पठाइएको छ । 

आईतबार दिउँसो ब्यारेकको फोहोर जलाउने क्रममा अत्याधिक हावाहुरी लागेपछि आगो वनमा सल्किएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="