after_navbar

गुरुकुलको विशेष छात्रवृत्ति योजना


चैत २७, २०८०


दाङ,२७ चैत ।गुरुकुल एकेडमीले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। नया शैक्षिकसत्र देखि तुलसीपुर र लमहीमा शाखा विस्तार गरेको गुरुकुलले विशेष छात्रवृत्ति योजना ल्याएको हो । गुरुकुल एकेडेमी तुलसीपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने  विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए।

प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थिहरुको भर्ना सहित मासिक शैक्षिक शुल्कमा पुर्ण रुपले छात्रबृति हुने छ भने दोस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा ५० प्रतिशत छुट हुने र तेस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको  लागि भर्ना र मासिक शैक्षिक शुल्कमा २५ प्रतिशत छुट हुने बिद्यालयले बताएको छ ।

छात्रबृति प्राप्त गर्नको लागि गुरुकुल एकेडमी तुलसिपुरको २०८१ बैशाख ३ गते हुने प्रवेश परीक्षा  र लमहिको २०८० चैत्र ३० गते हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भई २०८१ बैशाख ५ गते भित्र भर्ना गरीसक्नुपर्ने पनि अध्यक्ष ई. घिमिरेले बताए ।

२०७२ सालमा घोराहीमा संचालनमा आएको गुरुकुल एकेडेमीले तुलसीपुर र लमहीमा पनि शैक्षिक सत्र २०८१ बाट विद्यालय संचालनमा ल्याउन लागेको हो । विद्यालय संचालनको पहिलो बर्ष गुरुकुल एकेडेमी लमहि र तुलसिपुरले छात्रबृति योजना ल्याएको हो । विद्यालयको सम्पुर्ण भौतिक संरचना निर्माण सम्पन्न गरी पठन पाठन संचालन गर्ने तयारी गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

data-href="