after_navbar

प्रतापकोटमा ´खैराबाङ भगवती` मन्दिरको उद्घाटन


बैशाख ०२, २०८१


दाङ,२ वैशाख । तुलसीपुरको प्रतापकोटमा खैराबाङ देवी भगवतीको मन्दिर निर्माण गरिएको छ ।
सांस्कृतिक पहिचान र पर्यटन विकासकालागि करिब लगानीमा मन्दिरको निर्माण गरिएको हो । मन्दिरको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गरे ।

ad


मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले प्रतापकोटलाई तुलसीपुरको धार्मिक,सांस्कृत र पर्यटकिय क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिवद्व भएको बताए। ।
वडा नम्वर ३ का वडाध्यक्ष बिजय विकले प्रतापकोटको विकासकालागि सबैको सहयोग आवश्यक रहेको बताए। ।


मन्दिर निर्माणकालागि पर्यटन मन्त्रालयले ७ लाख ५० हजार बजेट दिएको थियो भने स्थानीयले ७४ हजार १ सय ५५ रूपैयाँ बराबरको श्रमदान गरेका छन् । मन्दिरमा पञ्च धातुबाट निर्मित मुर्ती राखिएको छ ।


खैराबाङ देवी भगवतीको मुर्ती निर्माणकालागि दाताबाट ६ लाख बढी रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनिराम रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="