दाङ,२ वैशाख । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही ९ आन्द्राभरैयाका ३/४ जना बालकहरु घरदेखि करिब ५ सय मिटर टाढा कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएको क्रममा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाई छ ।
आज दिउँसो खेल्ने क्रममा माटोको ढिस्काेले पुरिएका बालकको ढिलो गरि उद्दार गरि अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घाेषाणा गरेको दाङका एसपी राम बहादुर केसीले जानकारीले दिए । उनीहरुको शव अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । घर लिपपोत गर्नका लाग माटो निकाल्न खनिएको खाल्टोमा खेल्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस