after_navbar

प्रतिस्ठानमा नौं महिनामा ३४  हजार बढीलाइ स्वास्थ्य सेवा


बैशाख २, २०८१


दाङ,२९ वैशाख ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिनेहरूको संख्या बढ्दो छ। प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरूलाई सेवा दिन थालेपछि अस्पतालको स्वास्थ्य सेवा लिने नागरिकहरूको सङ्ख्या बढ्दै गएको हो।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३४ हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।
प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको साउनदेखी चैतसम्म ३४ हजार ४ सय ४३ जनाले विमावाट सेवा पाएको जानकारी दिए।  दैनिक २ सय जनाले विमावाट सेवा लिइरहेको उनले बताए।

रकम भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रभावित
सरकारले स्वास्थ्य बीमा अन्तर्गत प्रदान गर्ने स्वास्थ्य बीमा रकम समयमा भुक्तानी नगर्दा स्वास्थ्य सेवा प्रभावित बनेको छ। सर्वसाधारणले स्वास्थ्य बीमाबाट सेवा प्राप्त गरे पनि बिमा बोर्डले समयमै बिमा वापतको रकम भुक्तानी  नगरेपछि सेवालाई थप प्रभावकारी बनाउन समस्या भएको छ।

  ठुलो रकम विमा वोर्डले भुक्तानि नगरेको कारण विमावाट हुने स्वास्थ्य सेवा वन्द गर्ने अवस्थामा आइपुगेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि ७ करोड ९८ लाख रुपैयाँ विमा वाफतको रकम प्रतिष्ठानमा प्राप्त हुन सकेको छैन् ।
प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विमा कार्यक्रमको करोडौरकम विमा वोर्डवाट भुक्तानि नहुदा प्रतिष्ठानको उपचार सेवामा निकै ठुलो समस्या भएको बताए । पछिल्लो पटक चौतर्फी दवावका वावजुद केही रकम भुक्तानि भएपनि करोडौको ठुलो रकम भुक्तानि नहुदा विमा कार्यक्रमवाट उपचार सेवा दिन गाह्रो हुदै गएको उनले बताए।
विमा वोर्डलाई विमाको रकम भुक्तानि गर्न प्रतिष्ठानवाट फेरीपनि पत्राचार गरेर ध्यानाकर्षण गराइएको उनले बताए। सर्वसाधारणले विमावाट प्राप्त गरीरहेको सेवालाई नटुटाउनका निमित्त विमा वोर्डले समयमै पैसा भुक्तानि गरीदिन पनी रजिष्ट्रार लम्सालले आग्रह गरे।

प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले दिएको जानकारी अनुसार विमा कार्यक्रमवाट साउनमा ४ हजार ४६ जना, भदौमा ४ हजार १ सय ४७ जना, असोजमा ४ हजार ४ सय २४ जना, कार्तिकमा २ हजार ८ सय ८० जना, मंंसिरमा ३ हजार ९ सय ५२ जनाले सेवा पाएका छन् ।
यसैगरेर पुसमा ४ हजार ९० जना, माघमा ३ हजार १ सय ९२ जना, फागुनमा ३ हजार ८ सय १३ जना र चैतमा ३ हजार ८ सय ९९ जनाले विमावाट सेवा लिएको प्रतिष्ठानकी विमा फोकल पर्सन दुर्गा श्रेष्ठले बताइन।

यसैविच विमा कार्यक्रमवाट सेवा लिने विरामीहरुको सेवा लिने दिन नै विमावाफतको रकम दावि हुने भएको छ । विमाकी फोकल पर्सन दुर्गा श्रेष्ठले जेष्ठ १ गतेदेखी आजको आजै विरामीको विमाको रकम दावि गरी सक्नुपर्ने प्राब्धान भएकाले सो अनुसार काम भइरहेको बताइन। ‘यसअघि विमावाट ओपिडि सेवा लिन आउने विरामिहरुले एक हप्तासम्म आफ्ना कागजात बुझाउन सक्ने प्राब्धान थियो, अहिले  विरामिले ओपिडि सेवा लिएको दिन नै विमाको रकम दावि गर्ने भएकाले आफ्ना कागजात पनि सोही दिन नै विमा काउन्टरमा बुझाउनु पर्ने हुन्छ–फोकल पर्सन श्रेष्ठले भनिन–‘विमावाट इमरजेन्सिमा उपचार गर्न आएका विरामीको हकमा विरामी जतिवेला डिष्चार्ज हुन्छ, त्यतिवेला नै कागजात पेश गरेपछि विरामीको विमा रकम दावि गरीन्छ ।’

उनले विमावाट अप्रेसन गर्न आउने विरामीहरुको हकमा ओपिडि कार्डमा लेखीएको सम्पर्क मितिमा  अनिवार्यरुपमा अस्पतालको विमा काउन्टरमा आई विशेषज्ञ चिकित्सक समक्ष जानु पर्ने र विरामी डिष्चार्ज हुने वेला विमाको सम्पुर्ण आवश्यक कागजात बुझाउनुपर्ने बताइन।

प्रतिक्रिया दिनुहोस

data-href="