दाङ,१ जेठ। दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको मृत्यु भएको छ। दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको मृत्यु भएको हो। इलाका प्रहरी खिलतपुरका अनुसार बबई गाउँपालिका ३ ओदाले घाटमा पौडी खेल्ने क्रममा उनीहरूको आज मङ्गलबार मृत्यु भएको हो।
प्रहरीका अनुसार सोमबार मात्रै उनीहरू ओदालेमा रहेको फुपुको घरमा आएका थिए। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजङ थापाका अनुसार १८ वर्षका दीपक परिवारलाई उद्धार गरेर अस्पताल पठाइएको थियो। उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको हो।
यसैगरी १६ वर्षका दिपेश परियारको सब बबै नदीबाट निकालिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
मृतकका परिवार कामको सिलसिलामा भारतमा बस्ने भएकाले प्रहरीका अनुसार मृतकका परिवार कामको सिलसिलामा भारतमा बस्दै आएका छन् ।शवको पोस्टमार्टम गर्नका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरी प्रमुख थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस