after_navbar

दाङ आउदै गरेको पिकअप दुर्घटनाः १० जना घाइते


जेठ १८, २०८१


तुलसीपुर, १८ जेठ । रोल्पाको ओतबाट दाङको तुलसीपुर आउँदै गरेको पिकअप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । रोल्पाबाट आउँदै गरेको ग १ ज ५७४२ नम्बरको पिकअप शुक्रबार दिउँसो सल्यानको कपुरकोट गाउँपालिका वडा नं। ३ धैरेनी खोलास्थित भित्रि सडकमा ब्रक फेल भएर दुर्घटना भएको थियो ।

घाइते हुनेमा दाङको बबई गाउँपालिका ६ बस्ने २९ वर्षिया संगिता वली, रोल्पा गंगादेव गाउँपालिका २ बस्ने मदन भण्डारी, सोही ठाउँकी ४० वर्षिया रामसरी भण्डारी, १७ वर्षिया चन्द्रकला भण्डारी, २० वर्षिया निर्मला वली, ११ वर्षिय सुरेश वली, १० वर्षिय दिनेश भण्डारी, घोराही उपमहानगरपालिका १५ बस्ने ४५ वर्षिया दिपा डाँगी, सोही ठाउँकी २४ वर्षिया दिलमाया विष्ट र १७ वर्षिय कुमार डाँगी रहेका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जिप चालक रोल्पा गगंगादेव गाउँपालिका १ निवासी ३८ वर्षिय भरत विकलाई प्रहरी चौकी कपुरकोटले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="