after_navbar

फेरिपनि नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीमै


जेठ २०, २०८१


काठमाडौं , २० जेठ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू) कालोसूचीमा पुनः दोहोरिएको छ।

ईयूको उडान सुरक्षा चासो ९कालोसूची०मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन्।

ईयूले हरेक ६र६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ।

गत बिहीबार ईयूले सार्वजनिक गरेको सूचीअनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयरलाइन्स लगायत नेपालमा दर्ता भएर उडान गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवाहरू रहेका छन्।

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ। ३० मे २०२४ मा ईयूले अपडेट गरेको नयाँ सूचीमा पनि नेपाल कालोसूचीमै रहेको छ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ०ले गरेको अडिटमा नेपालको हवाई सुरक्षा प्रतिवेदन कमजोर देखिएपछि हवाई सुरक्षा सूचीमा राखेको थियो। पछि सन् २०१७ मा आइकाओले नेपालको हवाई सुरक्षामा सुधार आएको भन्दै सुरक्षा सूचीबाट हटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="