after_navbar

योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण


जेठ २४, २०८१


सल्यान, २४ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा महिला तथा युवा समुहका प्रतिनिधिहरुका लागि स्थानीय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत भोटेचौरमा विहिबार सम्पन्न भएको हो ।

महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि जिल्लामा समुदाय परिचालन परियोजना सुरु भएको छ ।

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्थानीय तहका नीति, योजना, बजेट तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयनका लागि युवा तथा महिला समुहको भुमिका महत्वपूणर् हुने बताए।
छत्रेश्वरी गाउँपालिकालाइ जवाफदेही, पारदर्शी, उत्तरदायी र जनमुखी स्थानिय सरकारको रुपमा विकास गर्ने आफुहरुको उदेश्य रहेको भन्दै उहाँले यसका लागि युवा, महिला लगायत समुदायका हरेक नागरिकहरुको सार्थक सहभागीता संगै रचनात्मक सुझावको पनि अपेक्षा गरेको उल्लेख गरे।


कार्यक्रममा आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजनाका जिल्ला संयोजक उमेश खरेल र नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले स्थानिय तहमा योजना तर्जुमाका चरणहरु, योजना निर्माणमा सामुदायिक समुहको भुमिका, सुचनाको हक र सामुदायिक नेतृत्व विकास सम्बन्धि अभिमुखिकरण गरेका थिए।

स्थानिय सरकार संगै दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा अन्य विषयगत क्षेत्रमा कार्यरत संस्थाहरु क्लीन अफ नेपाल, युवालय र सोसेक नेपालको सहभागितामा सल्यानका ६ वटा वडामा परियोजना संचालनमा छ ।
छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा यो कार्यक्रम सुरु भएको र हाल समूह निर्माण संगै विभिन्न अभिमुखिकरणका कार्यक्रम संचालन भैरहेको परियोजनाका पालिका सुपरभाइजर लिला वली परियारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="