after_navbar

पुलमा फसेका १३ मध्ये दुईवटा खच्चड मरे


जेठ २७, २०८१


कर्णाली ,२७ जेठ । कर्णाली नदीमाथीको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्।

उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकएिको आठबीस नगरपालकिा-६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए।
उनका अनुसार एक खच्चड पुलमै मरसिकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो।


आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालकिा र दैलेखको आठबीस नगरपालकिा जोड्ने कर्णाली नदीमाथीको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड पुलमा फसेका थिए। जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन्।

फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालिएका खच्चडलाई डुंगामा राखेर उद्धार गरिएको हो ।
बाँकी तीन वटा खच्चडलाई उद्धार गर्ने काम चलिरहेका वडाध्यक्ष शर्माले जानकारी दिए । ती खच्चडहरूलाई नदीमा खसाल्न जाखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास गरिएको उनले बताए।

पुलको जाली काटेर खसाल्दा नदी छेउका ढुंगामा पर्छन्, त्यही भएर डोरी बाँधेर निकाल्न सकिन्छ भनेर लागेका छौं,’ उनले भने।
आइतबार अछामको पञ्चदेवलबाट चामल लिन दैलेखको राकम बजार आउँदै गरेको १३ वटा खच्चड पुलमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="