after_navbar

शान्ति प्रक्रियाको सबैकाम पुरा गरौँः उपप्रधानमन्त्री श्रेष्ठ


जेठ ३१, २०८१


काठमाडौँ,३१ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन् ।संक्रमणकालिन न्यायको जिम्मेवारी पुरा गर्न बाँकी रहेको भन्दै अपुरा कामहरु सबै सम्पन्न गर्नुपर्ने बताएका हुन
। बिहिबार एक कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।
‘शान्ति प्रक्रियाको बााकी काम अब पूरा गर्नैपर्छ । शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार हामीले गरिसकेका छौ । राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छौं, उनले भने,–‘तर अहिले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । हामीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ ।’

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेकोमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस

data-href="