after_navbar

लुम्बिनीमा  संकल्प प्रस्ताव दर्ता   


असार ०८, २०८१


दाङ,७ असार  । प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाको सम्वन्धमा लुम्विनी प्रदेश सभा सचिवालमा आज संकल्प प्रस्ताव दर्ता भएको छ ।

ad

प्रदेश सभा सदस्य निमा गिरी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावमा प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्विका काफ्ले समर्थक रहेका छन्  ।
लुम्बिनी प्रदेशमा सार्बजनिक महत्वको संकल्प प्रस्ताव दर्ता हुन आएको यो पहिलो संकल्प प्रस्ताव भएको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।

सचिवालयमा दर्ता भएको उक्त प्रस्ताव सचिब दुर्लभ कुमार पुनले सभामुख समक्ष लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८७ अनुसार पेश गरे

सडक दुर्घटना न्युनिकरण र शुरक्षित यात्रा सम्वन्धमा प्रदेश सभा सदस्यहरुले पहिलो पटक दर्ता  भएको संकल्प प्रस्ताव प्रदेश सभाका आगामी बैठकमा पेश हुनेछ  ।
सुरक्षित यात्रा, सुरक्षित सवारी  सम्वनधमा हाल प्रचलनमा रहेका कानुनी व्यवस्थाले पर्याप्त सम्वोधन गर्न नसकेको संकल्प प्रस्तावमा दावी गरिएको छ ।

लुम्विनी प्रदेश भित्र सडक दुर्घटना पिडितको  लागी आकस्मिक उपचार निशुल्क उपचार व्यवस्था र दुर्घटनाको दु्रत गतिमा उद्दारको लागी आवश्यक संयन्त्रको विकास तथा दुर्घटना पिडितले आफ्नो जिवनयापन सहज तरिकारले बांच्न सक्ने गरी  क्षतिपुर्तीको व्यवस्था समेत हुनुपर्ने आवश्यकता महशुस भएकाले  लुम्विनी प्रदेशले आवश्यक कानुन नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्न लुम्विनी प्रदेश सरकारको ध्यानकर्षण गराउन संकल्प प्रस्तावमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="