after_navbar

तुलसीपुरको बजेट २ अर्ब साढे ७ करोड


असार ११, २०८१


दाङ,१० असार। दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को लागि बजेट ल्याएको छ। सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले १५औ नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको  उप प्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक सहभागिता नगद तथा श्रमदानलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट ल्याइएको छ ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले आर्थिक वर्ष २०८१८/ २ को कुल बजेट २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३सय ५१ रुपैयाँ अनुमानित बजेट सभामा  जानकारी गराएकी थिइन ।
जस्मा चालू बजेट १ अर्व ३४ करोड ६ लाख ७४ हजार ४ सय २ रुपैयाँ , पुजीगत तर्फ ६९ करोड ३१ लाख,६३ हजार १ सय ९९ रुपैयाँ र वित्तीयतर्फ २ करोड  बजेट रहेको छ ।
बजेट्को ल्क्ष्री अनुसारको आय आन्तरिक आम्दानी  तर्फ ६१ करोड ५१ लाख ३६ हजार , संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २७ करोड ३६ लाख,  सशर्त अनुदान ७४ करोड ९१ लाख सम्मपूर्वक अनुदान  १ करोड ४५ लाख  बजेट अनुमान गरिएको छ।
यसैगरी  राजस्व बाडफाट २४ करोड ३९ लाख,वन  रोयलटीबाट ४ लाख ९४ हजार गरी कुल  १ अर्ब २८ करोड ७७ लाख ४२ हजार रकम अनुमान गरिएको छ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="