after_navbar

चट्याङ लागेर दाङमा एक बालकको मृत्यु


असार ११, २०८१


दाङ १० असार। दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा खेलिरहेका बालकलाई चट्याङ लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

ad

घर अगाडि रहेको भाँडा राख्ने र्‍याकमा चट्याङ पर्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे बस्ने १० वर्षका सुवास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए।

चट्याङ लागेर घाइते भएका सुवासलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पुर्‍याइएको र अस्पताल पुर्याए लगत्तै डाक्टरले बालकलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="