after_navbar

पानीमा डुबेर दाङमा ८ महिने शिशुको मृत्यु


असार ११, २०८१


दाङ १० असार ।दाङको तुलसीपुरमा पानीमा डुबेर ८ महिने शिशुको मृत्यु भएको छ। सोमबार आफ्नै घरको आँगनमा खेल्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।
सूचना अधिकारी थापाका अनुसार आफ्नै घरको आँगनमा ठूलो प्लास्टिकको बाटामा राखिएको पानीमा खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गतेरा बस्ने बिना पुनका ८ महिने छोरा सल्लिम पुन रहेका छन्। 
पुनलाई पानीमा डुबेर घाइते भएको अवस्थामा अस्पताल पुर्‍याइएको थियो। तर राप्ती प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="