काठमाडौँ, १३ असार तीन वटा नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुरस्कृत गरेको छ । मुलुककको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो ।
औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट उद्योगक्षेत्रको विकासमा टेवा पुर्याउने
झापा बिर्तामोड–२ को हाई हिमालय अर्गानिक प्रालि, ललितपुर महानगरपालिका–२४ को माउन्टेन बी कन्सर्न प्रालि र रुपन्देही देवदह–१० को आवास फर्निचर इन्डस्ट्रिज प्रालि पुरस्कृत भएका छन्।
मन्त्रालयका अनुसार नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० निर्माण गरी सोही बमोजिम नवप्रवर्तनकारी कार्यमा संलग्न उद्यमीलाई ३० दिनको समय दिई सूचना प्रकाशन गरिएको थियो ।
त्यसपछि प्राप्त ६ वटा प्रस्ताव मूल्यांकन गर्न मापदण्ड बमोजिम औद्योगिक पूर्वाधार महाशाखा प्रमुखको संयोजकत्वमा मूल्यांकन समितिले प्राप्त कागजातका आधारमा पूर्वमूल्यांकन गरेको मन्त्रालयले जनाएको छ ।
नेपालभित्रै मूल्य सिर्जना वा नवीनता हासिल अनुसन्धान तथा खोजमूलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्ययोजना, उद्योग सञ्चालन, व्यवस्थापन र बजारीकरणको नवीनतम रणनीति, उद्योग स्थापना गरेको क्षेत्र, रोजगारी प्रदान गरेको संख्या, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ताको अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ता जस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको मन्त्रालयको भनाइ छ ।
प्रस्तावहरूको पूर्वमूल्यांकनपछि ६ वटै प्रस्तावकको उद्योगमा अनुगमनकर्ताले स्थलगत अनुगमन गरेको मूल्यांकनबाट प्राप्त र पूर्वमूल्यांकनबाट प्राप्त अंकलाई औसतमा निकाली अन्तिम अंकभार दिएर तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस