दाङ, १४ असार। दाङको तुलसीपुरमा रहेको एनएमबी बै बैंकले उद्यमीहरूलाई सम्मान गरेको छ। बैंकले विश्व साना तथा मझौला उद्यमी दिवसको अवसर पारेर उद्यमीहरूलाई सम्मान गरेको हो। बैंकले उत्कृष्ट कारोबार गर्ने ३० जना ग्राहकहरूलाई सम्मान गरेको एनएमबी बैंक तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मीले जानकारी दिए। बैंक कर्जा लिएका उद्यमीहरूको योगदानको कदर गर्ने उद्देश्यले सम्मान र प्रशंसापत्र प्रदान गरिएको उनले बताए ।
वित्तीय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवा प्रधानमा बैंक प्रतिबद्ध रहेको भन्दै प्रबन्धक रेग्मीले यस्ता खाले कार्यक्रमले उद्यमीहरूलाई प्रोत्साहन प्रदान गर्ने बताएका थिए।
उनका अनुसार साना तथा मझौला उद्यमीहरू त्यसको कुल व्यवसायको झण्डै ९०% रहेका छन्। उद्यमीहरूको समस्या समाधानमा सरकारले चासो नदिए पनि बैंकहरूले व्यवसायीलाई गरेको सम्मानले व्यवसाय वृद्धि गर्न प्रेरणा मिलेको व्यावसायिक अभि खरेलले बताए ।
उनले पछिल्लो समय वित्तीय प्रणालीमा नकारात्मक दृष्टिकोण बढ्दै गइरहेको समयमा एनएमबी बैंकले कर्जा लिएकाहरुलाई सम्मान गर्दा फरक अनुभूति भएको बताए।
संयुक्त राष्ट्र संघले २०१७ देखी प्रत्येक बर्ष जुन २७ तारीखलाइ अन्तर्राष्ट्रिय एमएसएमई दिवस अर्थात् विश्व साना तथा मझौला उद्यमी दिवस मनाउदै आएकोछ।
प्रतिक्रिया दिनुहोस