after_navbar

कर छुट सुविधा कार्यान्वयन सम्वन्धी सचेतना


असार १७, २०८१


तुलसीपुर, १६ असार । करको विषयमा सचेतना मुलक कार्यक्रम तुलसीपुर सम्पन्न भएको छ ।

ad

तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायीहरुलाई आर्थिक विधेयक २०८१ मा भएको छुट सुविधा कार्यान्वयन सम्वन्धी सचेतना मुलक कार्यक्रम गरिएकोहो ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्यमा भएको कार्यक्रममा कुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्वर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्वर लिई आर्थिक बर्ष २०७८÷७९ र २०७९÷८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ साल फागुन मसान्त सम्म बुझाएमा शुल्क तथा व्याज मिनाह हुने ।

आय विवरण बुझाउन बाँकी करदातालाई छुट, मुल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुटदिने सम्वन्धी व्यवस्था र आलु प्याज, स्वाउको आन्तरिक उत्पादनमा मुल्य अभिवृद्धि कर छुट सम्वन्धी व्यवस्थाको विषयमा कर अधिकृत हिरानन्द देवकोटाले व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै उनले विभिन्न करप्रणालीको विषयमा जानकारी समेत गराएका थिए । कार्यक्रममा कर कार्यालय संग डर होइन भर मान्नु पर्ने अवस्था सृजना हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख कर अधिकृत टिकाराज चौलागाईले पछिल्लो समयमा आर्थिक विधेयक २०८१मा केके छुटका सुविधा छन भन्ने विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको भन्दै व्यवसायीहरुले नियम कानुन बमोजिम कर विवरण बुझाउनु पर्ने बताए ।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले व्यवसायीहरुलाई आर्थिक विधेयक सम्वन्धी छुट सुविधाको जानकारीका लागि समन्वय गरि सचेतना कार्यक्रम आयोजना गरेको भन्दै व्यवसायीहरुलाई आवश्यक कर सम्वन्धी तालिमहरु दिने बताए । उनले लेखा परिक्षणमा आफुहरु चुस्त दुस्त हुनुपर्ने बताए ।

अध्यक्ष केसिले कर सम्बन्धी कुनै पनि परामर्श गर्नुपरेमा आन्तरिक राजश्व कार्यालयको गेटमा रहेको करदाता सहायता कक्षमा सम्पर्क राख्न पनि अनुरोध गरेका छन ।
कार्यक्रममा पुर्ब अध्यक्ष टेकनप्रसाद बस्नेत हिमालले कर शिक्षाकार्यक्रम ब्यबसायिहरुका लागि उपयोगी भएको बताए ।
कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="