after_navbar

सुनको मुर्ति भन्दै ठगी गर्ने दाङका एकजनासहित ५ जना पक्राउ


असार १, २०८१


काठमाण्डौ, १७ असार ।  सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन् ।

ad

पक्राउ पर्नेमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर शाही, धादिङ घर भई काठमाण्डौ बस्ने दीपक थापा, दाङ घर भई काठमाण्डौ बस्ने वसन्त चौधरी र काठमाण्डौका रविन महर्जन जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

यस्तै भारतको उडिसाका कलाकार दाससमेतलाई पक्राउ गरिएको छ ।

भारतीय नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा बिक्री गरेका तर नक्कली भएको पाएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । प्रहरीले मूर्ति र १४ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="