after_navbar

रारा तालमा डुबेर एकजनाको मृत्यु


असार २१, २०८१


मुगु,२० असार ।छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।

उनका अनुसार गाउँले साथीसंग तालमा पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको हो ।

निकुञ्ज संरक्षण अधिकृत घिमिरेका अनुसार तालमा एक जना युवक बेपत्ता भएको भन्ने खबर आएपछि निकुञ्जबाट कर्मचारी र रारा हुटु हनुमानध्वज गुल्मका नेपाली सेनाका जवान गएर तालको छेउछाउ हेर्दा रावल डुबेर मृत अवस्था फेला परेका हुन् ।

तालबाट शव निकाल्न जिल्ला प्रहरी कार्यालयलाई खबर गरिसकेको उनले बताए ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="