after_navbar

हिमाल एकेडेमीमा  खुला रक्तदान


असार २५, २०८१


दाङ,२४ असार। दाङको तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा खुला रक्तदान गरिएको छ।

स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकेडेमीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो। पछिल्लो समय जिल्लामा देखिँदै आएको रगत अभावलाई कम गर्नका लागि विद्यार्थीहरूले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।

रगत अभावलाई पूर्ति गरी बिरामीको ज्यान बचाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको सर्कलले बताएको छ।

सो अवसरमा ३१ जनाले रक्तदान गरेको विद्यालयले जनाएको । नेपाल रेडक्रस सोसाइटी  रक्तसञ्चार केन्द्र तुल्सीपुर दाङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यालयका हेड सर नवीनकुमार पराजुलीले विद्यार्थीहरूमा मानवताको भावना जागृत हुनु सकारात्मक पक्ष भएको बताएका थिए।

यो शाखाले कार्यक्रमले विद्यार्थीहरूमा मानवताको विकास गर्ने उनको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले विद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा विद्यालय सदैव हातेमालो गर्दै अगाडि बढ्ने बताए।

पठनपाठन सँगसँगै सामाजिक उत्तरदायित्वमा पनि विद्यार्थीहरू अग्रसर हुनुपर्ने भन्दै उनले यस्ता खाले सामाजिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराइरहनुपर्ने उल्लेख गरेका थिए।

सर्कल अध्यक्ष अन्जली शाहको अध्यक्षता भएको कार्यक्रममा कोर्डिनेटर विशेष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने शिक्षक भिमलाल मरासिनीले कार्यक्रमको सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="