after_navbar

राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


असार २८, २०८१


दाङ,२७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

राप्रपा संसदीय दलको बिहिबार बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन्। २०७९ को प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। उनले असार २८ गते शुक्रबार विश्वासको मत लिनेछन्।

त्यस्तै, नेपाली कांग्रेस, नेकपा ९एमाले०, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

कांग्रेस र एमालेले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप समेत जारी गरेको छ।

अहिलेसम्म नेकपा (माओवादी केन्द्र)सँगै नेकपा (एकीकृत समाजवादी)मात्रै दाहाललाई विश्वासको मत दिने पक्षमा उभिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="