after_navbar

जुवा खेलमा विवाद हुँदा एकजनाको हत्या


श्रावण ०१, २०८१


काठमाडौँ, १ साउन। जुवा खेल्नेक्रममा विवाद हुँदा सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको खालमा लेनदेनको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका( २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या गरिएको हो ।

ad

सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका २ का ३० वर्षीय आशमान वाईवा र ३८ वर्षीय भुण्टे भनिने ज्ञानबहादुर वाइवालगायतले चिर्पटले हानेर बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

‘आशमान वाइवा र ज्ञानबहादुर वाइवाको समूहको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय वस्तीपुरको टोलीले राति नै घटनास्थलबाट उद्धार गरी उपचारका लागि वस्तीपुर स्वास्थ्य चौकी लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पताल पठाइएको थियो। उपचारका क्रममा निधन भएको हो,’काफ्लले भने ।

उनको पेट,खुट्टा,दायाँ गालाको कञ्चटमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । घटनामा संलग्न आशमान र ज्ञानबहादुरलाई घ्याङलेख गाउँपालिका २ को पञ्चसिंह वाइवाको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा अन्य केहि व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="