दाङ,२ साउन। सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ। सञ्चारिका जिल्ला अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
संञ्चारिका समूहले पत्रकार महिलाहरूको हक हित र क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको सो अवसरमा बोल्ने सहभागीहरूले बताएका थिए।
विगतदेखि नै सञ्चारिकाले गर्दै आएको काम र क्रियाकलापलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ थियो। उनीहरुले संस्थाले गर्दै आएको कार्यप्रति प्रशंसा समेत व्यक्त गरेका थिए।
यसलाई सबै जिल्लामा सकृय रूपमा सन्चालन गरि पत्रकार महिलाका लागि एउटा बलियो खम्बाको रूपमा स्थापित गर्न जरूरी भएको कार्यक्रमका सहभागिहरूले बताएका छन् ।
त्यसअबसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष बसुन्धरा गौतम, सल्लाहकार लक्ष्मी आचार्य, संसारीका समूह दाङकी संस्थापक एवं रासस दाङ प्रमुख नारायणी रजौरे, रेडियो मध्यपश्चिका सचिव शारदा शर्मा, डब्लु डब्लु जे का उपाध्यक्ष पार्वति बस्नेत लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए।
नयाँ कार्यसमिति गठन
यसैबीच अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। सञ्चारिका समूह दाङको नेतृत्वका लागि रन्जिता अधिकारी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
जसको उपाध्यक्षमा सपना बोहरा, सचिवमा दिप्तिसिखा चौधरी, सहसचिवमा सुशीला ओली र कोषाध्यक्षमा उमा भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो।
यसैगरी सदस्यहरुमा भावना सुवेदी, लक्ष्मी पोख्रेल, सपना पौडेल , रिता लामा, जयन्ती चौधरी, विमला घर्ती, रमा नेपाली रहेका छन् । अन्य सदस्य आगामी बैठकमा मनोनित गर्ने गरी कार्यसमिति गठन गरिएको हो।
प्रतिक्रिया दिनुहोस