after_navbar

धारापानी महाआरती: भक्तजनहरुको भिड बढ्दै


श्रावण ०६, २०८१


दाङ,६ साउन। पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही श्रावण १ देखि ३२ गतेसम्म संचालन हुने शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती बढ्ने बढ्दै गईरहेको छ ।

ad

सनातन हिन्दुु धर्मको प्रचारप्रसार तथा मन्दिर परिसर भित्र विभिन्न देवीदेवताका संरचना निर्माणको उद्देश्य राखेर संचालनमा ल्याएको महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती र दानदिव्य बढ्दै गइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीले बताए ।

महायज्ञको पाँचौदिन शनिवार मात्रै करिव साढे पाँचसय भक्तजनहरुको उपस्थिती रहेको थियो । शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा घोराही उपमहानगरपालिका –१५ निवासी अन्नतराज घिमिरे र मिनराज घिमिरे, घोराही उपमहानगरपालिका –१८ लङ्क बहादुर बुढा, घोराही –ं६ निवासी रेव बहादुर बुढाथोकी, गोमा बुढाथोकी, रणबहादुर बुुढाथोकी र जीवा बुढाथोकी , विष्णुु पौडेल रहेका छन् ।

यस्तै घोराही–१८ निवासी स्वस्तिक पोख्रेल, सोही ठाउँ निवासी कुवेर पाण्डे, घोराही–१५ निवासी दामोदर खनाल र घोराही ६ निवासी ऋषिराज जंगली महाआरती संकल्प गरेको महाआरती मुल आयोजक समितिले जनाएको छ ।

त्यस्तै महायज्ञ तथा महाआरतीमा संचालनका लागि सहयोगदाताहरुको सहयोग पनि दिनानुदिन बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञका लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सरसामानहरुको दानदिव्य पनि मन्दिरमा बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक अधिकारीले जानकारी दिए ।

बासुदेव शर्मा,सुरज मल्ल, पुस्कर बेलबासे, भिष्मा भुुषाल र बसन्ता केसी , अकबर अली , कुदबुदिन ,सकिल कवारी राई र सावित्री गुुप्ता, नारायण प्रसाद शर्मा (कार्की),मामा भान्जा किराना पसल, तारा डाँगी, बुद्रुुबिन राइ र मानबहादुर घर्तीले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="