after_navbar

काजु र ज्वानो बोकेको दुई ट्रक नियन्त्रणमा


श्रावण १०, २०८१


काठमाडौँ,१० साउन । नेपाल प्रहरीले वीरगन्जबाट दुई ट्रकलाई नियन्त्रणमा लिएको छ । झण्डै दुई करोड रुपैयाँ बराबरको सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ad

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट भन्सार छली गरेर ल्याइएको करिब १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेकट्रोनिक्स सामान बरामद गरिएको हो ।

भारतबाट राजश्व छलेर ल्याइएको ती सामान तस्करीको आशंकामा प्रहरीले दुवै ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="