after_navbar

जीबी राईसहित १८ जनालाई स्वदेश ल्याउन प्रबन्ध मिलाउन निर्देशन


श्रावण १४, २०८१



काठमाडौं, १४ साउन । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउनका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

ad

सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुगिने समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ । यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं । यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ ।’ उनले भने ।

साथै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ । यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="