after_navbar

ट्रकको ठक्करबाट एकजनाको मृत्यु


श्रावण १५, २०८१


दाङ, १५ साउन । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको मृत्यु भएको छ ।

ad

मंगलबार विहान पश्चिमबाट पुर्व तर्फ गईरहेको सु। प। प्र ०१(६२७७९ नम्बरको ट्रकले लमही( भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक अमर बहादुर माझीले जानकारी दिएका छन् ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राखि अहिले पुर्व(पश्चिम राजमार्ग बन्द गरेका छन् । अहिले भालुवाङको तनावग्रस्त रहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="