after_navbar

एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा एक यात्रु पक्राउ


श्रावण १६, २०८१


काठमाडौँ,१६ साउन । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले बताए । 

कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । मङ्गलवार काठमाडौँबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

data-href="