दाङ, १९ साउन। दाङमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
आज शनिबार बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्प्रले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको हो ।
बस्नेत घोराही उपमहानगरपालिका वडा नमवर ९ मछाही घर भएका र हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बसोबास गर्दै आएका थिए ।
प्रहरीका अनुसमर घाइते बस्नेतकाु उपचारको क्रममा पौने ९ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस