after_navbar

एमालेका मनोनित सदस्यहरूले लिए शपथ


श्रावण २०, २०८१


काठमाडौँ ,२० साउन । नेपाल कम्युनिस्ट पार्टी एमालेका मनोनित केन्द्रीय सदस्यहरूले सपथ लिएका छन्। नेकपा एमालेका १७ जना मनोनित केन्द्रीय सदस्यहरूले शपथ हुन् छन् ।

आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।

एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य, गोविन्द पुन, केदार सिग्देल, कुन्दन कुशवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना र मनमोहन पौडेललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

यसैगरी एमालेले इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, भरदेव जोशी, हरि उप्रेती, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगुलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="