after_navbar

स्टन्टबाजीको रुपमा सरकारले काम गर्दैनः प्रधानमन्त्री ओली


श्रावण २०, २०८१


काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलील स्टन्टबाजीको रूपमा आफूहरुले कुनै पनि काम नगर्ने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि भ्रम सिर्जना गर्नेगरी काम नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील रहेको बताउँदै आफूहरूले स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने बताएका हुन् ।

उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरान जस्तो असंशोधनीय दस्ताबेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे। प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

data-href="