after_navbar

पिकअपमा च्यापिएका चालकको उद्वार


श्रावण २१, २०८१


दाङ , २१साउन । रुकुम पश्चिममा पिकअप दुर्घटना भएको छ । पिकअप दुर्घटना हुँदा पिकअपले चापिएका चालकको उद्धार गरिएको छ। रुकुम पश्चिममा पिकअप दुर्घटना हुँदा च्यापिएका चालकको उद्धार गरिएको हो । दुर्घटनाको झन्डै डेढ घन्टापछि चालकको उद्धार भएको हो ।

ad

मध्य पहाडी लोकमार्ग अन्तरगत रुकुम पश्चिम बाट रुकुम पूर्व तर्फ जाँदै गरेको रा १ च १३१७ नम्बको पिकअप दुर्घटना हुँदा मुसिकोट नगरपालिका – ८ चोरखानीका १९ बर्षे चालक डम्मर खड्कालाई गाडीले च्यापेको थियो ।

बिहान ११ बजेतिर मुसिकोट – ६ र ८ को सीमानामा पर्ने रिङदहमा उकालो चढ्न नसकी ब्याक भइ पिकअप दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले चालकले साढे १२ बजेतिर गाडीले च्यापिएका चालकको उद्धार भएको जानकारी दिए ।

घटनास्थल भीरमा रहेको हुँदा मानिसले गाडी हलचल गराउँदा झनैं च्यापिएका चालकको ज्यान खतरामा पर्न सक्ने अवस्था भएका कारण उद्धारमा ढिलाइ भएको शाहीले बताएका थिए ।

जेसिबी बोलाइएको भएपनि अन्तिम समयमा ढोकाले च्यापिएका चालकलाई सिसा निकालेर प्रहरीले नै उद्धार गरेको थियो ।
घाइतेको ढाड लगाएत शरिरका बिभिन्न भागमा चोट लागेको र अवस्था मध्य रहेको प्रहरीले बताएको छ ।
घाइतेलाई उद्धार पछि अस्पताल पठाइएको छ ।

पिकअप ब्याक हुँदा सहचालक त्रिबेणी गाउँपालिका – १० कोल्टीका १७ बर्षीय जयप्रकाश गौतम भने हाम फालेको हुँदा सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="