दाङ ,२१ साउन ।दाङ तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योति कलेजमा शैक्षिक क्षत्र २०८१ देखि स्नातक तहमा बिबिए र बीएसआइटी कक्षा सञ्चालन हुने भएको छ। व्यवस्थापन संकाय तर्फ बिबिए र आइटी इन्जिनियरिङ तर्फ बीएसआइटी कक्षा सञ्चालन हुने कलेजले जनाएको छ ।
ज्ञान ज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनका अवसरमा क्याम्पसले यस वर्षदेखि थप दुई विषयमा अध्ययन अध्यापन गराउन लागिएको जानकारी गराइएको हो।
पत्रकार सम्मेलन मार्फत ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसीले विद्यार्थीहरूको अत्याधिक मागलाई ध्यानमा राखेर शैक्षिक सत्र २०८१ देखि स्नातक तहमा बिबिए र बिएसआइटी कक्षा सञ्चालन गर्न लागिएको जानकारी गराएका हुन्।
विज्ञान र प्रविधिको युगमा भिएसआइटी विषय विद्यार्थीहरूको लागि महत्त्वपूर्ण रहेकाले उक्त विषय तुलसीपुरमै सञ्चालन गर्न लागिएको उनले बताएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएसँगै कलेजले यी दुई विषयहरु थप गरी कक्षा सञ्चालन गर्न लागेको हो।
बीबीएतर्फ ९९औ वटा सिट रहेका छन् भने बिएसआइटीतर्फ ४२ वटा सिट रहेका छन्।
तुलसीपुर क्षेत्रमै पहिलोपटक बिबिए र बिएसआइटी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिँदै सरकारी क्याम्पसहरूले लिँदै आएको शुल्क अनुसार नै क्याम्पसले अध्ययन शुल्क निर्धारण बताए।
जिसीका अनुसार दुवै विषयको समयावधि चार वर्षे रहनेछ भने आठवटा सेमेस्टरमा अध्ययन गराइनेछ। क्याम्पसले विभिन्न विधामा छात्रवृत्ति समेत उपलब्ध गराउनेछ। दुवै विषय पढ्नका लागि कम्तीमा सी ग्रेट ल्याउनुपर्ने क्याम्पसले जनाएको छ।
बिबिए र बीएसआइटी कक्षा सञ्चालनका लागि १२ वर्षदेखिको निरन्तर प्रयासपछि यस वर्ष अनुमति प्राप्त गरेको सिइओजीसीको भनाइ छ। क्याम्पस समग्र शिक्षा क्षेत्रको सामूहिक सम्पत्ति रहेकाले शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य सहित सेवा क्षेत्रलाई विस्तार गर्दै लगिएको उनको भनाइ थियो। अहिले उनका अनुसार अहिले क्याम्पसमा तीन हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने देशका उत्कृष्ट ७ भित्र क्याम्पस पढ्न सफल भएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष दुर्गालाल केसीले ज्ञानज्योति एजुकेसन फाउन्डेसनले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए। विज्ञान र प्रविधिको युगमा बिबिए र बिएसाइटी जस्ता कक्षा तुलसीपुरमै सञ्चालन हुनु गौरवको विषय भएको उनको भनाइ थियो।
कार्यक्रममा विद्यालयका शिक्षक मनोज केसीले सर्वसुलभ मूल्यमा क्याम्पसले शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिएका थिए। तुलसीपुर क्षेत्रमै विद्यार्थीहरूले बिबिए र बिएसआइटी पढ्न पाउनु गर्वको विषय रहेको उनको भनाइ थियो।
शिक्षाविद विविध क्षेत्रीले ज्ञानज्योति कलेजली शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा समेत गरेका थिए। क्याम्पसले सञ्चालन गरेका शैक्षिक गतिविधिमा हरेक क्षेत्र वर्ग र समुदायको पहुँच पुगेको भन्दै उनले खुसी व्यक्त गरेका थिए।
समय र युगको आवश्यकता अनुसार बिबिए र बीएसाइटी कक्षा क्याम्पसले सञ्चालन गर्न लागेको र यो दाङका लागि एकदमै विशेष रहेको उनको भनाइ थियो।
शिक्षामा नविनतम प्रधान गर्दै आइरहेको क्याम्पसले आगामी दिनमा पनि यसलाई कसरी थप सहज बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमको सहजीकरण कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सन्तोष केसीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस