after_navbar

एक पुरुष मृत्त फेला


श्रावण २२, २०८१


सप्तरी,२२ साउन । सप्तरीमा एक पुरुष मृत्त फेला परेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुर नजिक धानखेतमा एक जनाको शव फेला परेको छ ।

ad

सप्तरीको राजविराज–कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ९एसपी० गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको जनाएको छ ।

कर्ण घटनास्थल नजिकै रहेको निरज इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="