पाल्पा २४ साउन । पाल्पामा वृद्ध महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पूर्वखोला गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय धनबहादुर कामीलाई प्रहरीले ६६ वर्षीय वृद्धामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।
उनलाई जब्गादी चौकी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
उनीविरूद्ध मंगलबार ती वृद्धालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस