after_navbar

तीन दिनदेखि हवाई सेवा अबरुद्ध


श्रावण २४, २०८१


हुम्ला,२४ साउन । हुम्लामा तीन दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ । अबिरल वर्षाका कारण हवाई सेवा अबरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले जानकारी दिए।

ad

मंगलबार देखिको अबिरल वर्षाका कारण नेपालगञ्जबाट हुने हवाई सेवा अवरुद्ध भएको उनले बताए। सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगञ्जका लागि उड्ने यात्रुहरु मर्कामा परेको उनले बताए।

उनका अनुसार हवाई सेवा अवरुद्ध भएपछि उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जाने विद्यार्थी, बिरामी, कर्मचारीहरु बढी प्रभावित भएका छन् । पैदल मार्गको सडक पनि ठाउँठाउँमा अवरुद्ध भएको कारण पैदल मार्गबाट पनि आउजाउ सम्भव छैन ।

हाल नेपालगञ्जबाट सिमकोटका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजहरुले उडान भर्ने गरेका छन् । खराब मौसमकै कारण हवाई सेवा अवरुद्ध हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="