after_navbar

बाघको आक्रमणबाट एकजना घाइते


श्रावण २५, २०८१


बर्दिया,२५ साउन। बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

ad

कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका बेला बाघको आक्रमणमा परि वडा नम्बर ९ को बैदी बनगाई गाउँका ३० वर्षिय चन्द्र बहादुर कसेरा गम्भीर घाइते भएको निकुञ्जका सुचना अधिकारी पुरुषोतम वाग्लेले जानकारी दिए ।
आँखामा गम्भीर घाउ भएर घाइते भएका उनलाइ उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख अशोक रामले निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, राष्ट्रिय वन तथा खाता जैविक मार्ग आसपासका सामुदायिक वनमा च्याउ खोज्न र घाँस–दाउरा लिन नजान अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="