दाङ , २७ साउन । रुकुम पश्चिममा प्रेम सम्बन्धामा रहेकी एक महिलाको हत्या भएको खुलेको छ । रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको हो ।
साउन २३ गते सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरकी ४९ बर्षीया सुशीला मल्लको हत्या भएको अबस्थामा शब आफ्नै घरको कोठामा भेटिएको थियो ।
सुशीलाको हत्या आरोपमा प्रहरीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ माथिल्लो सर्केनाका २३ बर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
प्रेमलाई असार २५ गते दिउँसो ३ बजे आफ्नै घरबाट पक्राउ परेका थिए । घटनाको अनुसन्धान पछि उनलाई आइत्बार सार्ब्जनिक गरिएको हो ।
प्रेम र सुशीला बिगत डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको र महिलाले विवाहको लागि दबाब दिएपछि हत्या गरेको प्रेमले स्वीकारेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।
प्रहरीका अनुसार हत्याको अघिल्लो दिन प्रेम सुशीलाको घरमा आई राती सँगै बसेको खुलेको छ । सुशीलाले आफूहरूको सम्बन्धका बारेमा घरमा र गाउँघरका मानिसहरूले थाहा पाइसकेको भन्दै विवाहको प्रस्ताव गरेपछि प्रेम हत्या गर्ने अबस्थामा पुगेको उन्ले प्रहरीलाई बयान दिएका छ्न ।
प्रेमले सुशीलालाई विवाह गर्न सक्ने अवस्था नभएको भन्दै मार्ने मनसायका साथ फलामको तावा, सिलौटो, लोरो लगायतका घरेलु औजार हान्नुका साथै सलले घाँटी बाँधी थिचेर हत्या गरेको खुल्न आएको पोख्रेलको भनाइ छ ।
घटनास्थलबाट रगत जस्तो देखिने रातो पदार्थ लागेको फलामको तावा, सिलौटो, लोरो, बाङ्गिएको चम्चा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रेमलाई आइतबार नै रुकुम जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस