after_navbar

एक बोतल पानीको मूल्य २० रूपैयाँ,बढी रकम लिएमा कारबाही हुने


श्रावण २७, २०८१


दाङ,२७ साउन। अबदेखि पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिन पाइने छैन। एक लिटर पानीको बोतललाई २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। प्रसोधित पानीको मूल्य निर्धारण गर्दै जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी रकम लिएमा कारबाही गरिने समेत जनाएको छ।

ad

आइतबार एक सूचना जारी गर्दै प्रशासनले एक लिटर बोतलको पानीलाई रु २० रुपैयाँ मूल्य तोकेको छ। २० लिटर पानी भरिएकि जारको मूल्य ६० रुपैयाँ तोकेको छ। उपभोक्ता हित संरक्षणलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले पानीको मूल्य तोकेको हो।

तोकेको रकमभन्दा बढी प्रशोधित पानीको बोतल र जारमा मूल्य निर्धारण नगर्न प्रशासनको आग्रह छ। यदि सोभन्दा बढी मूल्य निर्धारण गरी पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

यदि कसैले जबरजस्ती बढी मूल्य लिएमा जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गरी उपभोक्ता हित संरक्षणमा सहयोग पुर्‍याउन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="