after_navbar

इटालियन पेस्तोलसहित एकजना पक्राउ


श्रावण २८, २०८१


काठमाडौँ,२८ साउन ।प्रहरीले इटालियन पेस्तोलसहित दमकबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्। दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डबाट उनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार गजमेर सवार को ३८प ५६४९ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गरेको थियो।

स्कुटरको अगाडि चाबी लगाउने भागनेर सामान राख्ने खाली ठाउँमा स्पेशल मेड इन इटाली अटोमसिएल लेखिएको खैरो रंगको कभरसहितको पेस्तोल फेला परेको थियो।

गजमेरको पाइन्टको पछाडिको गोजीबाट सो पेस्तोलमा लाग्ने दुई थान म्यागजिन फेला परेको केसीले बताए। गजमेरलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान थालिएको छ।

कहाँबाट पेस्तोल ल्याए र कसलाई बेचबिखन वा आपराधिक कार्यमा प्रयोग गर्न खोजेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="