after_navbar

सिस्नेखोलामा बस दुर्घटनाः २० जना घाइते


श्रावण २८, २०८१


दाङ,२८ साउन ।दाङको सिस्ने खोलामा बस दुर्घटना भएको छ । बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सिस्ने खोलाको उकालो नजिक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ सइ ईश्वरी देबकोटाले प्रदेशकुरालाई जानकारी दिए।

ad

उनका अनुसार बस दुर्घटना सोमबार दिउँसो साढे ३ बजेतिर भएको हो । बस दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था मध्यम रहेको छ । दुर्घटनामा परी घाइते भएकाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बसको स्ट्रीङ फेल हुँदा दुर्घटना हुन पुगेको चालकले प्रहरीलाई बताएका छन् । चालक र बस प्रहरीको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="