दाङ,४ भदौ । घोराही तुल्सीपुर सडक खण्ड अबरुद्ध भएको छ । निरन्तरतको बर्षाका कारण दाङको तुलसीपुर- ७ मा रहेको कालाखोलामा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ ।
मंगलबार आएको बाढीले यातायातका सवारी साधन आवतजावत बन्द भएको प्रहरीले बताएको छ । तुलसीपुर-७ का वडा अध्यक्ष राम बहादुर जीसीका अनुसार सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरु समस्यामा परेका छन् ।
पुलमाथीबाट आएको पानीले साना तथा ठूला सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । पानी निरन्तर परिरहेकोले पानीको बहाब बढ्दै गएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस